सुनको मूल्यमा भारी गिरावट, तोलामा २२०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजमाण्डू
२०८१ फागुन १६ गते ११:४८ | Feb 28, 2025
सुनको मूल्यमा भारी गिरावट, तोलामा २२०० रुपैयाँ घट्यो,   कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्यमा भारी गिरावट आएको छ। सुनको मूल्य शुक्रबार तोलामा २२०० रुपैयाँ घटेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँकायम भएको छ। सुन बिहिबार तोलाको १ लाख ७० हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपाली बजारमा प्रभाव परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकैदिन ३२.९३ डलरले घटेको छ। बिहीबार प्रति औंस २८९५.७९ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रति औंस २८६२.८६ डलरमा आइपुगेको छ।

चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ प्रति तोला ३० रुपैयाँ घटेर १९१५ रुपैयाँमा आइपुगेको हो। अन्तर्राष्ट्रिय बजारमा चाँदीकोभाउ शुक्रबार प्रति औंस ३१.१९ डलर छ।