
काठमाडौं। सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। बिहीबार तोलामा २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको छ।
सुन बुधबार तोलामा ८०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। दुई दिनमा प्रति तोला ४५ रुपैयाँ घटैको चाँदीको भाउ बिहिबार ५ रुपैयाँ बढेर तोलामा एक हजार ९४५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबा सुन प्रति औंस २८९५.७९ डलर र चाँदी प्रति औंस ३१.६५ डलरमा कारोबार भइरहेको छ।