
काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य बढेको छ। आइतबार सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ७० हजार रुपैयाँ कायम थियो। बिहीबार ५०० रुपैयाँ बढ्दा मूल्य १ लाख ७१ हजार तय भएको थियो।
चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी तोलामा २० रुपैयाँ घट्दै प्रति तोला १ हजार ९७० रुपैयाँ कायम भएको छ।
शुक्रबार पनि चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार भने १० रुपैयाँ बढेर १ हजार ९९५ रुपैयाँ तय भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९३५.९९ डलर छ। चाँदी प्रति औंस ३२.५ डलर छ।