प्रकृतिलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन, नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी माग (तस्विरहरु)

बिजमाण्डू
२०८१ फागुन ६ गते १३:३३ | Feb 18, 2025
प्रकृतिलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन, नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी माग (तस्विरहरु)


काठमाडौं । भारतमा ओडिसास्थित केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थी माथी गरेको ज्यादतीविरुद्ध आज राजधानीमा विरोध प्रदर्शन भएको छ।

Tata
GBIME
NLIC

विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्दै प्रकृतिलाई न्याय मागेका हुन्।

नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई अनिश्चितकालका लागि भन्दै विश्वविद्यालय प्रशासनले निकालेको थियो।

नेपाल सरकारले भारत सरकारसँग यसबारेमा कुरा राखेपछि विश्वविद्यालय आफ्नो निर्णयबाट’ब्याक’ भएको थियो।

विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले लम्सालको मृत्युबारे निष्पक्ष छानबिनको माग गरेका छन्। प्रकृतिकोलाईि न्याय गर्दै उनीहरुले भारतीय विश्वविद्यालयले गरेको दमनको विरोध गरेका थिए।