
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि (एफपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री गर्न लागेको हो।
लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको अहिले ६७ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी छ। एफपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख रुपैयाँ पुग्नेछ।
लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।