सानिमा फ्लेक्सी फण्डले पहिलो चरणमा ४ करोड इकाई बिक्री गर्दै, आवेदन भोलि खुल्ने

बिजमाण्डू
२०८१ फागुन ५ गते १५:३४ | Feb 17, 2025
सानिमा फ्लेक्सी फण्डले पहिलो चरणमा ४ करोड इकाई बिक्री गर्दै, आवेदन भोलि खुल्ने


काठमाडौं। सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सानिमा फ्लेक्सी फण्डले सार्वजनिक निष्कासन गर्ने भएको छ। सानिमा म्युचुअल फण्डले मंगलबारदेखि सानिमा फ्लेक्सी फण्डको इकाई बिक्री खुलाउने भएको हो।

Tata
GBIME
NLIC

योजनाको कुल आकार १० करोड इकाईमध्ये पहिलो चरणमा ४० प्रतिशतले हुन आउने ४ करोड इकाईमा आवेदन आह्वान गर्न लागिएको हो।

निष्कासन गरिने इकाईमध्ये कोष प्रवर्धक सानिमा बैंकलाई १ करोड ३० लाख र योजना व्यवस्थापक सानिमा क्यापिटललाई २० लाख इकाई सुरक्षित राखिएको छ।

प्रथम चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ। पहिलो चरणमा लगानीकर्ताले फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ।

अंकित मूल्य १० रुपैयाँमा लगानीकर्ताले न्यूनतम् १०० देखि अधिकतम् ४० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्। सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो।