सिमेन्ट बिक्री अत्यधिक घट्दा अम्बे सिमेन्टको व्यापार साढे १५ करोड रुपैयाँमा सीमित

बिजमाण्डू
२०८१ फागुन ५ गते ११:१५ | Feb 17, 2025
सिमेन्ट बिक्री अत्यधिक घट्दा अम्बे सिमेन्टको व्यापार साढे १५ करोड रुपैयाँमा सीमित


काठमाडौं। सिमेन्ट बिक्री अत्यधिक घट्दा तीन वर्षअघि १ अर्ब ३६ करोडको व्यापार गरेको अम्बे सिमेन्टले गत वर्ष जम्मा १५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ।

Tata
GBIME
NLIC

निर्माण उद्योगमा छाएको मन्दीका कारण सन् २०२३/२४ को तुलनामा २०२४/२५ मा उद्योगको कारोबार ७२ प्रतिशतले घटेको छ। सन् २०२३/२४ मा उद्योगले ५७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।

शोभाकर न्यौपाने अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेको अम्बेको प्लान्ट पर्सामा छ। अम्बेले दैनिक १ हजार टन क्षमताको ग्राइन्डिङ युनिट छ। अम्बेले दुई/दुईवटा ब्राण्डका ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्छ। ६ ब्राण्डका पीएससी सिमेन्ट उद्योगले बिक्री गर्दै आएको छ। पूर्वी नेपालमा राम्रो बजार रहेको अम्बेले चारवटा प्रदेश र ३८ जिल्लामा सिमेन्ट बिक्री केन्द्रित गरेको छ।