
काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ।
कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो। आइपीओ जारी गर्ने प्रयोजनका लागि कम्पनीले आइतबार एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतापत्रमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।
२०८० कात्तिक १२ गते लाइसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले २०८० चैत १ देखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आएको छ।