कर्णालीकै पहिलो लक्जरी रिसोर्ट ‘रारा रिसोर्ट’को  औपचारिक शिलान्यास

बिजमाण्डू
२०८१ माघ ३० गते २२:३५ | Feb 12, 2025
कर्णालीकै पहिलो लक्जरी रिसोर्ट ‘रारा रिसोर्ट’को  औपचारिक शिलान्यास


काठमाडौं। कर्णालीकै पहिलो लक्जरियस रिसोर्ट ‘रारा रिसोर्ट’को औपचारिक शिलान्यास भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै एक्स्पर्ट ग्रुप र रारा होल्डिङ्सले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीबाट औपचारिक रूपमा शिलान्यास गरेका हुन्।

Tata
GBIME
NLIC

एक्स्पर्ट होल्डिङ्सका सिइओ सञ्जीव शर्माले होटलमा लगानी प्रतिफल मात्र नभई मुलुकको पर्यटन प्रवर्धनको उद्देश्य रहेको बताए। उनले रारामा वार्षिक चार लाख पर्यटन भित्र्याउने उद्देश्य रहेको बताए।  

नेपालका लागि अस्ट्रेलियन राजदूत लिआन जोन्स्टोनले रारा रिसोर्टमा गरिएको वैदेशिक लगानी कोसेढुङ्गा बन्ने बताइन्।

एक्स्पर्ट ग्रुप र रारा होल्डिङबिच सात महिना अगाडि लगानी सम्मेलनमा निर्माण सम्झौता भएको थियो।  

दुई वर्षभित्र निर्माण पूरा गरेर होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।