
काठमाडौं । ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर ८०० भन्दा बढी सवारी साधन बिक्री गरेको जनाएको छ। ८०० वटा गाडी देशभर संचालन भएको उपलब्धी मनाउन कम्पनीले काठमाडौंको उत्तरढोका सोरूममा उत्सव कार्यक्रम आयोजना पनि गरेको छ।
कार्यक्रममा ८०० भन्दा बढी ओमोडा जेइकोको बिक्री भएको खुसी ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसेडर दीपेन्द्र सिंह ऐरीसँग मनाइएको थियो।
सो अवसरमा अतिथिहरूलाई ब्रान्ड एम्बेसडरसँग संवाद गर्ने, ओमाडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने मौका प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालका सडकमा ८०० भन्दा बढी सवारी साधन गुड्नु विश्वास र भरोसाको प्रतिफल भएको जनाएको छ।
ओमोडा एन्ड जेइको नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै, नेपाली बजारका आवश्यकताअनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ।