नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सर्वसाधारणका लागि फागुन ११ देखि खुल्ने

बिजमाण्डू
२०८१ माघ ३० गते १४:५० | Feb 12, 2025
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सर्वसाधारणका लागि  फागुन ११ देखि खुल्ने


काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।

Tata
GBIME
NLIC

इन्स्योरेन्सले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ।

आइपीओमा लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ दरले न्यूनतम् १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल हो।