काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।
इन्स्योरेन्सले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ।
आइपीओमा लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ दरले न्यूनतम् १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल हो।