स्मार्टच्वाइस टेक्नोलोजिजमा ५ जना सञ्चालक निर्विरोध, साधारण सभाबाट को-को छानिए ?

बिजमाण्डू
२०८१ माघ २९ गते १९:३३ | Feb 11, 2025
स्मार्टच्वाइस टेक्नोलोजिजमा ५ जना सञ्चालक निर्विरोध, साधारण सभाबाट को-को छानिए ?

काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)मा पाँचजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।

Tata
GBIME
NLIC

कम्पनीको २३औं वार्षिक साधारण सभाबाट पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचित सदस्यमा आइएमई लिमिटेडबाट रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैंकबाट रश्मी पन्त, ग्लोबल आइएमई बैंकबाट अनिल जोशी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट सुभाष ज्ञवाली छन्।

सञ्चालक समितिको बैठकले रविन कुमार नेपाललाई पुन: अध्यक्ष चयन गरेको छ। बैठकले स्वतन्त्र सञ्चालकमा
मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गरेको कम्पनीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।