सर्वोत्तम सिमेन्टको व्यापार बढ्दा नाफामा छलाङ, ६ महिनामा २४.१४ करोड आर्जन

बिजमाण्डू
२०८१ माघ २९ गते ११:१५ | Feb 11, 2025
सर्वोत्तम सिमेन्टको व्यापार बढ्दा नाफामा छलाङ, ६ महिनामा २४.१४ करोड आर्जन

काठमाडौं। सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष पुससम्म २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस वर्ष दोस्रो त्रैमासम्म कम्पनीले आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा २१ करोड रुपैयाँ बढी हो।

Tata
GBIME

कम्पनीले गत वर्ष ६ महिनामा ३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। व्यापार बढेसँगै खुद नाफामा सुधार आएको हो।

पोहोर ६ महिनासम्म २ अर्ब ९२ करोड रुपैयाँको व्यापार गरेकामा यस वर्ष ३ अर्ब ९८ करोड रुपैयाँ सिमेन्ट बिक्री वापत आम्दानी गरेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(हजार)४९७५५००४२९००००
रिजर्भ(हजार)३३६८५४३३६८५४
लगानी(हजार)१३०५०००५५६०३७
सञ्चालन आम्दानी(हजार)३९८२२५५२९२९४४८
अन्य आम्दानी(हजार)७१८८८१८७४९
कुल खर्च(हजार)४१७६५७४२०८९२-७६.८६
खुद नाफा(हजार)२४१४०५३०५८८
प्रति सेयर आम्दानी(रुपैयाँ)९.७१.४३
प्रति सेयर नेटवर्थ(रुपैयाँ)१८६.६६