बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालको व्यापार निरन्तर ओरालो, दुवै कम्पनी घाटामा

बिजमाण्डू
२०८१ माघ २९ गते १०:१४ | Feb 11, 2025
बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालको व्यापार निरन्तर ओरालो, दुवै कम्पनी घाटामा


काठमाडौं। व्यवसायमा गिरावट आउँदा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनी घाटामा गएका छन्।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बोटलर्स नेपाल बालाजु २४ करोड ५० लाख रुपैयाँ नोक्सानीमा गएको छ। पोहोर यही अवधिमा कम्पनी १५ करोड १५ लाख रुपैयाँ घाटामा थियो।

व्यापारमा गिरावट आउँदा वित्तीय लागत घटेपनि कम्पनीहरुको नोक्सानी चुलिएको हो। यो अवधिमा बोटलर्स नेपाल तराई ११ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा छ। गत वर्ष यही अवधिमा कम्पनी ७ करोड ४१ करोड रुपैयाँ घाटामा थियो।

बोटलर्स नेपाल बालाजुको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (हजारमा)१९४८८९१९४८८९
रिजर्भ(हजारमा)५८१३३६७५५२८४१६५.१५
सञ्चालन आम्दानी(हजारमा)४३६४३५२४५८३१२५-४.७७
बिक्री लागत(हजारमा)-३४४७७६४-३४०४८१६
वित्तीय लागत(हजारमा)१०१२१४१५४९५२-३४.६८
खुद नाफा(हजारमा)-२४५०४२-१५१५७८
प्रति सेयर आम्दानी(रुपैयाँ)-२४०-१४९
प्रति सेयर नेटवर्थ(रुपैयाँ)३२७९३१२०५.१

बोटलर्स नेपाल तराईको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(हजारमा)१२१०००१२१०००
रिजर्भ(हजारमा)३९६७४९०३७१८३९८६.७
सञ्चालन आम्दानी(हजारमा)२९६८६९५३६८८३५०-१९.५१
बिक्री लागत(हजारमा)-२३६५४०२-२८६०८१४
वित्तीय लागत(हजारमा)-८९६८६-१४०५१६
खुद नाफा(हजारमा)-११८९४१-७४१५५
प्रति सेयर आम्दानी(रुपैयाँ)-१९७-१२३
प्रति सेयर नेटवर्थ(रुपैयाँ)३३७९३१७३६.४९