दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याइँदै, महानगरले ५ करोड १५ लाख खर्चिंदै

बिजमाण्डू
२०८१ माघ २८ गते १६:५४ | Feb 10, 2025
दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याइँदै, महानगरले ५ करोड १५ लाख खर्चिंदै

काठमाडौं। दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याउन थालिएको छ। सोमबार काठमाडौं महानगरपालिकाको अनुगमन समितिले निर्माणाधीन परियोजनाको निरीक्षण गरेको छ।

Tata
GBIME
NLIC

नारायणहिटी संग्रहालय अगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइँदैछ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ।

सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको महानगरले जनाएको छ। त्यसभन्दा माथि ढलान गरिएको छ। त्यसभन्दा माथि मात्रै ग्रेनाइट बिछ्याइने महानगरले जनाएको छ। यो १६ एमएमसम्मको हुनेछ।

सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले ठेक्का पाएको छ। महानगरले गत चैत ६ गते निर्माण पक्षसँग सम्झौता गरेको थियो। माघ मसान्तसम्म काम सक्नुपर्ने सीमा छ।