स्वरोजगार लघुवित्तले १ लाख ९६ हजार कित्ता एफपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति

बिजमाण्डू
२०८१ माघ २८ गते ११:५६ | Feb 10, 2025
स्वरोजगार लघुवित्तले १ लाख ९६ हजार कित्ता एफपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति


काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ।

Tata
GBIME
NLIC

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइतबार १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासनको स्वीकृति दिएको हो।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्नेछ।

लघुवित्तले एफपीओ निष्कासको अनुमतिका लागि गत भदौमा आवेदन दिएको थियो। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ। लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख रुपैयाँ छ।