लघुवित्तको नाफामा उछाल, ३८.४३% ले वृद्धि, कर्जा नोक्सानी बढ्दा कसरी घटाए खराब ऋण?

आकाश बोगटी
२०८१ माघ २५ गते १८:३३ | Feb 7, 2025
लघुवित्तको नाफामा उछाल, ३८.४३% ले वृद्धि, कर्जा नोक्सानी बढ्दा कसरी घटाए खराब ऋण?


काठमाडौं। ऋण असुली प्रभावित भइरहँदा पनि लघुवित्त वित्तीय संस्थाहरुले नाफा उच्चरुपमा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर ऋण असुली सुधार हुन नसकेका बेला लघुवित्तहरुले खुद नाफा ३८.४३ प्रतिशतले बढाएका हुन्।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका ३१ लघुवित्तमध्ये २२ वटाले नाफा बढाउँदा ६ वटाको खुम्चिएको छ। तीन लघुवित्तको नाफा भने ऋणात्मक छ।

नेरुडे मिर्मिरे, इन्फिनिटी र सामुदायिक लघुवित्तको नाफा ऋणात्मक हुनु पुगेको हो। पोहोर छ महिनामा ७ लघुवित्तको नाफा ऋणात्मक थियो।

३१ लघुवित्तले पुस मसान्तसम्म १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गरेका छन्। पोहोर ६ महिनामा ती लघुवित्तको खुद नाफा १ अर्ब ११ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र उठ्न बाँकी ब्याजलाई आम्दानीमा देखाउन पाउने सुविधाले लघुवित्तहरुको नाफा बढेको हो।

हिमालयन लघुवित्तको नाफा सबैभन्दा धेरै ३९५.६८ प्रतिशतले बढेको छ। पोहोर ६ महिनामा ५२ लाख ५८ हजार खुद नाफा गरेको लघुवित्तले यसपालि २ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ।

धेरै नाफा गर्नेमा साना किसान लघुवित्त छ। उसले यो वर्ष ६ महिनामा ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

विजय लघुवित्तका सीइओ वसन्त लम्साल राष्ट्र बैंकको सुविधाले लघुवित्तहरुको नाफा बढाउन सहयोग पुगेको बताउँछन्।एनएफआरएस अनुसार रिपोर्ट बनाउँदा उठ्न बाँकी ब्याजलाई वित्तीय विवरणमा देखाउन मिल्ने भएका कारण नाफामा सपोर्ट पुगेको उनको भनाइ छ।

‘कर्जा पुनर्संरचना गर्न पाउने व्यवस्थाले केही सहज भयो। पुरानो ऋणलाई पुनर्संरचना गरेर अहिले प्रोभिजनिङ घटेको अवस्था छ,’ उनले भने, ‘माइक्रोफाइनान्सको बरोइङ कस्ट घटेको छ। असुली भने अझै पनि अपेक्षाजनक सुधार हुन सकेको छैन।’

लघुवित्तहरुको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था

लघुवित्त २०८१/८२ नाफा रु. हजारमा२०८०/८१ नाफा रु. हजारमानाफा फरक (प्रतिशतमा) २०८१/८२
प्रोभिजनिङ रु हजारमा
२०८०/८१
प्रोभिजनिङ रु हजारमा
२०८१/८२
खराब कर्जा (प्रतिशतमा)
२०८०/८१
खराब कर्जा
(प्रतिशतमा)
स्वावलम्बन८०७२०४१५६३९४.२१३२९८४९२९२५००८.२८११.३६
इन्फिनिटी-९४६२२१४९८११२०१३०७१५७९.८५४.९५
ग्लोबल११८३३९४७८३०१४७.४२२७६३८१०५९८८४.१४.२१
उन्नति सहकार्य६३८३२४९३१५६.०४२९८४२४९१५४.८३५.७४
हिमालयन२६०६३५२५८३९५.६८११७३०७८३१५.६२३.५९
सामुदायिक-१०८६८-३९९८९८९३७१६२५९९४.८९१४.६५
ग्रामिण विकास१८४८७११७०२३२८.६-१०१४०-२१७३३४४.१५७.८३
धौलागिरी२०८१-४१४८३६७१३१४४८८५.५४.९३
आरम्भ चौतारी३२६५४१२४१९१६२.९४-१९७३९-१६६८२.९१४.६४
आत्मनिर्भर८४३१११८२२-२८.६८१६५०८८१८४०१५.०९१५.२८
सपोर्ट१५५०३८६४२७९.३९१२१२६५१३१.७४१.५४
फर्स्ट माइक्रोफाइनान्स५२३००८४९१४-३८.४१-८५१३४.४४२.८७
आरएसडीसी४४१८२६९३०४-३६.२५२६०८७४१७४२.७११.८२
गुराँस१५४६३७७२८१००.०९२५९१२.७८३.७५
गणपति१२३५०१०७४२१४.९७-५३३७-१९००८४.१३४.६६
उपकार १६,८३६-१७,५२९१४९२३१५०९४.१२२.८२
कालिका४२१५५१७,९४७१३४.८९५१११२६१०४.६७४.८२
समाज१२-१,६७०९५५१३११७७४.९४.०१
जीवन२०५४४२१७७७६०१५.५७३१०२६२२७७९३७४.५६२.९५
अभियान३७८६-६२४६८१७३८९१८५८७४.१४६.८८
लक्ष्मी१७,५९१२१,५२२-१८.२७१४५५९२५३५२८.४७९.६३
सीवाइसी नेपाल४३१६२२१,०९७१०४.५९-२५३९६८९५४.३५४.७७
मिथिला३७४८०१३,३२४१८१.३६५५६९७२२४.८५४.४७
एनएमबि ११८१५-६७५६३-५२७-२६३२३५.९६७.८५
साना किसान५१७७५५४४२४९९१७.०१-३०५९०-१००३७१२.२७
मेरो माइक्रोफाइनान्स७९५५३६४३०९२३.७७९७२२५०२८६७.७८७.८७
युनिक नेपाल२७४१०३३२२६-१७.५२५२७५३९९७३१६९.९२
विजय ७०४५५४३४९७६१.९८-११९५१३८०५१८.३५७.९
आशा२३६२४-३२८८३१३०८३७१४४६६४.९२४.९३
महुली ८९५९२६११३-६५.६९५८२५९११८५६४.८९४.६४
नेरुडे मिर्मिरे-६२७०८२४८०८१६२४५३७५७५०८.४७८.८३
जम्मा१५३७१७७१११०४४५३८.४३१४८४३७५८२१४७२५.८४
स्रोत: संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण

ऋण असुली सुधार नहुँदा लघुवित्तहरुको प्रोभिजनिङ रकम बढेको छ। पुस मसान्तसम्म लघुवित्तहरुले १ अर्ब ४८ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्। पोहोर ६ महिनामा लघुवित्तको प्रोभिजनिङ ८२ करोड १४ लाख रुपैयाँ थियो।

प्रोभिजनिङ बढ्दा लघुवित्तहरुको खराब कर्जा भने घटेको छ। पोहोर पहिलो ६ महिनामा औसत ६ प्रतिशत रहेको खराब कर्जा अहिले ५.८४ प्रतिशतमा आएको छ।

९ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि छ। दुईवटा लघुवित्तको खराब कर्जा १० प्रतिशत नाघेको छ। सबैभन्दा धेरै खराब कर्जा युनिक नेपाल लघुवित्तको १६ प्रतिशत छ। सबैभन्दा कम खराब कर्जा हुनेमा सपोर्ट लघुवित्त छ। यसको खराब कर्जा १.७४ प्रतिशत छ।

राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले गर्दा खराब घटाउन मद्दत पुगेको एक लघुवित्तका सीइओले बताए।

‘कर्जा पुनर्संरचनाको सुविधाले ब्याज आम्दानी बढाउन मद्दत पुग्नुका साथै खराब कर्जा समेत घटेको हो,’ ती सीइओले बिजमाण्डूसँग भने, ‘असल वर्गमा रहेको कर्जाको उठ्न बाँकी ब्याजलाई आम्दानीमा देखाउन पाएकाले ब्यालेन्स सिट राम्रो देखियो। तर असुलीमा अझै सुधार हुन सकेको छैन।’