
काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल विरुद्ध अर्को मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध बिहिबार विशेष अदालतमा अर्को भष्टाचार मुद्दा दयार गरेको हो। अख्तियारले ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ विगो माग गरेको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा बोलपत्र आह्वान गरी गरेको खरिदमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।
पौडेलले नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दसँगको मिलोमतोमा ठेक्का दिइ भष्टाचार भएको अभियोगपत्रमा उल्लेख छ। त्यतिखेर पौडैल आफैं मूल्यांकन समितिको संयोजक थिए।