
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट भएको छ।
आज बिहान ग्यास विस्फोट हुँदा पसलमा क्षति पुगेको छ। विस्फोटमा परि १४ जना घाइते भएका छन्। ११ जना अस्पतालमा छन् भने ३ जना सामान्य घाइते भएको जनाइएको छ।
अहिले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

कमलपोखरीस्थित यो शानदार म:म पसल काठमाडौंकै पुरानो म:म पसल मध्ये एक हो। केही समय अघि मात्रै यो पसल नयाँ भवनमा सरेको थियो।


