BIZMANDU
www.bizmandu.com

कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास विस्फोट, १४ जना घाइते

२०८१ माघ २४

कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास विस्फोट, १४ जना घाइते
कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास विस्फोट, १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट भएको छ।

Tata
GBIME
Nepal Life

आज बिहान ग्यास विस्फोट हुँदा पसलमा क्षति पुगेको छ। विस्फोटमा परि १४ जना घाइते भएका छन्। ११ जना अस्पतालमा छन् भने ३ जना सामान्य घाइते भएको जनाइएको छ।

अहिले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

कमलपोखरीस्थित यो शानदार म:म पसल काठमाडौंकै पुरानो म:म पसल मध्ये एक हो। केही समय अघि मात्रै यो पसल नयाँ भवनमा सरेको थियो।