रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दायर, अन्य १४ जना पनि प्रतिवादी

बिजमाण्डू
२०८१ माघ २२ गते १६:०० | Feb 4, 2025
रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दायर, अन्य १४ जना पनि प्रतिवादी


काठमाडौं। पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दायर भएको छ।

Tata
GBIME
NLIC

जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रवि लामिछानेसहित १५ जनाविरुद्ध सहारा सहकारी ठगी अपराधमा पुरक अभियोगपत्र दायर भएको हो। केहीलाई भने संगठित अपराधमा पनि मुद्दा दायर गरिएको छ।

गोर्खा मिडिया संचालनमा रहँदा रवि लामिछानेको नाममा सहकारीबाट रकम गएको भन्दै मुद्दा दायर गरिएको हो।

रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा यो चौथो जिल्लामा दर्ता मुद्दा हो। यसअघि कास्की, काठमाडौं र रुपन्देही अदातलमा मुद्दा दायर भएर उनी धरौटीमा रिहा समेत भइसेका छन्।

कास्कीले ६५ लाख, काठमाडौंले ६० लाख र रुपन्देहीले एक करोड रुपैयाँ लामिछानेसँग धरौटी मागेको थियो।

त्यस्तैऽ उनी विरुद्ध पर्सामा पनि अनुसन्धान जारी रहेको छ। अब लामिछाने जिल्ला अदालत चितवनमा हाजिर भएर बयानपछि थुन्छेक बहस हुनेछ।