सुनको मूल्यमा १९०० बढोत्तरी, पुग्यो प्रति तोला १ लाख ६४ हजार ७ सय रुपैयाँ

बिजमाण्डू
२०८१ माघ २२ गते ११:२८ | Feb 4, 2025
सुनको मूल्यमा १९०० बढोत्तरी, पुग्यो प्रति तोला १ लाख ६४ हजार ७ सय रुपैयाँ


काठमाडौं। सुन मूल्य एकैदिन दोहोर अंकमा बढेको छ। तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो।

Tata
GBIME
NLIC

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारदेखि सोमबारसम्म सुन प्रति तोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो। गत बिहीबार तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँ थियो।

मंगलबारको कारोबार मूल्य चालु महिनाको प्रारम्भका तुलनामा तोलामा ९ हजार ७ सय रुपैयाँ बढी हो। माघ १ गते सुन तोलाको १ लाख ५५ हजार रुपैयाँ थियो।

चाँदी ३५ रुपैयाँ बढेर मंगलबार प्रति तोला १ हजार ९ सय ३० रुपैयाँ पुगेको छ। यसअघि साताको पहिलो दिनका तुलनामा १५ रुपैयाँ  घटेर सोमबार प्रति तोला १ हजार ८ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रति औंस २७८०.६६ डलरले कारोबार भएको सुन मंगलबार बढेर प्रति औंस २८१९.३ डलर पुगेको छ। चाँदी पनि ३०.९१ डलरबाट बढेर प्रति औंस ३१.४८ डलरले कारोबार भइरहेको छ।