ललितपुरका दुई अनलाइन जुवाका अड्डामा ३ अर्बको करोबार, १० भारतीयसहित २४ जना पक्राउ

बिजमाण्डू
२०८१ माघ २० गते १६:२० | Feb 2, 2025
ललितपुरका दुई अनलाइन जुवाका अड्डामा ३ अर्बको करोबार, १० भारतीयसहित २४ जना पक्राउ


काठमाडौं। अनलाइन जुवा तथा क्रिप्टो कारोबार गर्ने दुई ठाउँमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरका दुई स्थानमा शनिबार छापा मारेको थियो।

Tata
GBIME
NLIC

उक्त स्थानहरूबाट प्रहरीले १० जना भारतीय नागरिकसहित २४ जनालाई पक्राउ गरेको छ।

‘घर भाडामा लिएर अनलाइन जुवासँगै क्रिप्टो गरेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो।

भाडामा लिएको घरमा मिनी क्यासिनो समेत संचालन गरेको खुलेको छ। हालसम्म प्रहरीको अनुसन्धानमा ३ अर्ब ४ करोड बराबरको करोबार भएको देखिएको छ।