
काठमाडौं। टाटा मोटर्सको नेक्सन के ३ एसयूभीको नेपालमा बुकिङ खुला गरिएको छ।
टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार बुकिङ खुलाएको हो। १० दिनभित्र डेलिभरी दिने तयारीसहित बुकिङ खुलाएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गाडी बुकिङ गर्ने ग्राहकले ७.२ किलोवाटको चार्जर नि:शुल्क पाउनेछन्। गाडीमा ९८ किलोवाट क्षमताको मोटर छ।
ब्याट्री क्षमता यसअघिको नेक्सनमा भन्दा बढाइएको छ। नेक्सन के ३ एसयूभीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। ब्याट्रीले फुल चार्जमा रेन्ज ३२५ किलोमिटर दिन्छ।
गाडीमा ३६० डिग्री क्यामेरा, प्यानारोमिक सनरुफ र ३ वटा ड्राइभिङ मोड उपलब्ध छ। गाडीको मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ।