नेपाल मर्चेन्ट बैंकर्स संघ र एआईबीआईले सहकार्य गर्ने, सम्झौतामा गरे हस्ताक्षर

बिजमाण्डू
२०८१ माघ १४ गते १८:०५ | Jan 27, 2025
नेपाल मर्चेन्ट बैंकर्स संघ र एआईबीआईले सहकार्य गर्ने, सम्झौतामा गरे हस्ताक्षर


काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसियसन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया(एआईबीआई)ले सहकार्य गर्ने भएका छन्।

Tata
GBIME
NLIC

दुई संस्थाबीच पारस्परिक सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ। भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा मंगलबार एआईबीआईकोे १३औं वार्षिक सम्मेलनमा सम्झौता भएको हो। संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआईका अध्यक्ष हावीर लुनावतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल र भारतका मर्चेन्ट बैंकरको सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नैतिक मापदण्ड कायम गर्ने, नियामक निकायसँगको समन्वयलाई बढावा दिनेलगायत सम्झौता भएको छ।

त्यस्तै, सूचना प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।