अनलाइन जुवा खेलाएको आरोपमा दुईजना पक्राउ, एपबाट दुई करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०८१ माघ १४ गते १७:३४ | Jan 27, 2025
अनलाइन जुवा खेलाएको आरोपमा दुईजना पक्राउ, एपबाट दुई करोड रुपैयाँको कारोबार


काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछाप घर भएका ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोटका हरिश चन्द्र भुजेललाई नियन्त्रणमा लिएको हो।

उनीहरुले मन्त्र १०८ नामक वेभसाइटबाट सट्टेबाजी गराएको देखिएको छ। उनीहरुले विभिन्न एपमा दुई करोड ४१ हजार ६३६ रुपैयाँको कारोबार गरेको खुलेको छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा म्याद थप गरि उनीहरुविरुद्ध अनुसन्धान भइरहेको छ।