वीरगंजको गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद

बिजमाण्डू
२०८१ माघ १४ गते १७:१० | Jan 27, 2025
वीरगंजको गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद


काठमाडौं । भन्सार छलेर ल्याएको सामान स्टोर गरेको गोदाममा सशस्त्र प्रहरीको टोलीले छापा मारेको छ।

Tata
GBIME
NLIC

पर्साको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित दुईवटा पक्की घरको भुईँ तलामा अवैध रूपले गोदाममा सामान राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले छापा मारेको थियो।

गोदाममा राखिएको ५० लाख ९३ हजार ७०० रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरू बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २०० रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५०० रुपैयाँ बराबरको हार्डवेयरको सामानहरू रहेको छ।

बरामद गरिएको सामानहरू आवश्यक कारबाहीको भन्सार कार्यालय वीरगंजमा बुझाइएको छ।