होटल बाराही काठमाडौंलाई टफ्ट टाइगरले दियो ‘इको फुटप्रिन्ट’को मान्यता

बिजमाण्डू
२०८१ माघ ६ गते १७:४२ | Jan 19, 2025
होटल बाराही काठमाडौंलाई टफ्ट टाइगरले दियो ‘इको फुटप्रिन्ट’को मान्यता


काठमाडौं। होटल बाराही काठमाडौंले ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)बाट इको फुट प्रिन्टको मान्यता पाएको छ।

Tata
GBIME
NLIC

सामाजिक, वातावरणीय र सांस्कृतिक महत्वलाई विशेष प्राथमिकतामा राखि सेवा सञ्चालन गरेका कारण यो मान्यता पाएको होटलका महाप्रबन्धक रोशन सापकोटा जानकारी दिए ।

‘विभिन्न मापदण्डमा आधारित रहेर गरिएको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि हामीलाई यो मान्यता दिएको हो,’ महाप्रबन्धक सापकोटाले भने।

टफ्ट टाइगरले वातावरणीय प्रभाव, सामाजिक पक्ष, फोहोर व्यवस्थापन, ऊर्जा बचत, रोजगारी सिर्जना, कर्मचारीको पारिश्रमिक, सांस्कृतिक पक्ष लगायतलाई आधार मानेर फुट प्रिन्टको मान्यता दिएको सापकोटाले बताए।

होटल २०२३ जुलाइदेखि सञ्चालनमा छ। होटलले प्रदूषण कम गर्न प्लास्टिकरहित बोतल प्रयोग गर्दै आएको छ।

होटलका कर्पोरेट निर्देशक योगेन्द्र बिक्रम थापाले बाराही होटल दिगो विकासप्रति प्रतिबद्ध रहेको र सबैको मेहनतस्वरुप उपलब्धि हासिल भएको बताए।