स्वास्थ्य बीमामा सुधारको कार्ययोजना बनाउन पौडेललाई ओलीको निर्देशन, सात दिनको समय

बिजमाण्डू
२०८१ माघ ६ गते १५:०० | Jan 19, 2025
स्वास्थ्य बीमामा सुधारको कार्ययोजना बनाउन पौडेललाई  ओलीको निर्देशन, सात दिनको समय


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

उनले आइतबार कार्यदलको प्रतिवेदनबारे ब्रिफिङ लिइ निरोगी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका हुन्। उनले कार्ययोजना बनाउन एक साताको समय दिएका छन्।

उनले कुनै पनि नागरिक बिरामीले भइहालेमा खर्च नभएर उपचार नपाउने अवस्था हुन नहुने बताए।

प्रधानमन्त्री ओलीलाई मन्त्री पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य तथा सदस्यहरु डा भगवान् कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले स्वास्थ्य बीमा कार्यक्रममा नीतिगत, कानुनी र संरचनागत परिवर्तन आवश्यक भएको बताएका थिए।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन प्रस्तुतिकरण गरिंदै

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम ११ अर्ब रुपैयाँ पुगेको छ। कूल जनसंख्याको २७ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेकामा ४८ प्रतिशतले सेवा लिएका छन्।