भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका १४ वटा स्टोरमा ल्यायो छुटको अफर

बिजमाण्डू
२०८१ माघ ६ गते १३:३६ | Jan 19, 2025
भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका १४ वटा स्टोरमा ल्यायो छुटको अफर

विराटनगर। देशको सबैभन्दा ठूलो चेन सुपरस्टोर भाटभटेनीले राजधानी बाहिरका १४ वटा स्टोरमा छुटको अफर ल्याएको छ। भाटभटेनीले उपत्यका बाहिरका स्टोरमा बढिरहेको ग्राहकको चापलाई दृष्टिगत गर्दै छुटको अफर ल्याएको हो।

Tata
GBIME
NLIC

भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार उपत्यका बाहिरका स्टोरमा ग्राहकको चाप बढ्न थालेको छ। अहिले आर्थिक शिथिलता र मन्दी भएको भाष्य स्थापित गरिए पनि भाटभाटेनीमा ग्राहकको चाप बढ्दो छ।

‘यही चापलाई हेरेर ग्राहकलाई सम्मान र सहुलियत दिन भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले छुटका अफरको घोषणा गर्नु भएको हो,’ व्यवस्थापक भट्टराईले भने।

भट्टराईका अनुसार उपत्यका बाहिरका १४ वटै स्टोरमा ग्रोसरीमा ३, किचनवेयरमा ५ र कस्मेटिक्समा १० प्रतिशतको छुट दिइएको छ। त्यसैगरी, भाटभटेनीले घडी, रेडिमेड गार्मेन्ट र जुत्ताचप्पलमा १० प्रतिशत छुटको घोषणा गरेको छ भने इलेक्ट्रोनिक्स आइटममा २३ प्रतिशत छुट छ।

त्यस्तै, उपत्यका बाहिरका सबै स्टोरमा आइसक्रिम र केक पेस्ट्रीमा पनि एकको खरिदमा एक थान फ्री पाइने घोषणा भाटभटेनीले गरेको छ।

देशभरि भाटभटेनीका २७ वटा स्टोर छन्। जसमध्ये १३ वटा राजधानीमा छन्। अन्य ३ वटा स्टोर निर्माणाधीन छन्।

भाटभटेनीले आफ्ना देशैभरिका क्लब मेम्बर्सलाई आइतबारदेखि गिफ्ट भौचर वितरण गरिरहेको छ।