सुजुकी पनि इभी बजारमा, अटो एक्स्पोमा इ-भिटारा सार्वजनिक, कस्तो छ यो गाडी?

बिजमाण्डू
२०८१ माघ ५ गते ०६:१४ | Jan 18, 2025

दिल्ली। भारतको प्रसिद्ध कम्पनी मारुती सुजुकी पनि अब अटोमोबाइल बजारको इभी लहरलाई धक्का दिनसक्ने भएको छ। सुजुकीले टोयोटासँगको सहकार्यमा उत्पादन गरेको इ-भिटारा बजारमा ल्याइएको घोषणा गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले उक्त गाडी शुक्रबार नयाँ दिल्लीको भारत मन्डपममा सुरु भएको भारत मोबिलिटी अटो एक्स्पोमा सार्वजनिक गरेको हो। इ-भिटारामा दुई वटा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको ब्याट्री प्याकसहित अल ह्वील ड्राइभ ट्रेन उपलब्ध छ।

१०.१ इन्चको इन्फोटेनमेन्ट एलईडी डिआरएल्स १९ इन्च एलोय ह्वील भेन्टिलेटेड सिट फग ल्याम्पहरु एलईडी हेडलाइट र सनरुफ फिचर उपलब्ध छन्। साथै सेफ्टी फिचरमा यसमा एडास लेभल २ प्रयोग गरिएको छ। यस्तै अन्य सेफ्टी फिचरमा ३६० डिग्री क्यामेरा अगाडि र पछाडी पार्किङ सेन्सर सिक्स एयरब्याग एबीएस अटो होल्ड इलेक्ट्रोनिक पार्किङ ब्रेकहरु राखिएका छन्।

यस्तै इन्टेरियरमा मोडर्न डिजाइनमा डुअल टोन क्याबिन डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छन्। यसमा टु स्पोक स्टेरिङ ह्वील यो मारुती कारमा पहिलो पटक प्रयोग गरिएको हो।

साथै ३६० क्यामेरा वायरलेस चार्जर एसी भेन्ट्स वायरलेस एप्पलप्ले एन्ड्रोइड अटो जस्ता कनेक्टीभिटी भएको इन्फोटेनमेन्ट छ।
कम्पनीले यो गाडी टोयोटासँग मिलेर उत्पादन गरेको हो। जसमा दुवै कम्पनीले ब्याट्री इलेक्ट्रिक भेहिकलको लागि इभी प्लेटफर्म तयार पारेका छन्।