नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय फेरि सर्वोच्चमा, प्रक्रिया रोक्न थापाले हाले मुद्दा

बिजमाण्डू
२०८१ पुष २३ गते १६:०४ | Jan 7, 2025
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय फेरि सर्वोच्चमा, प्रक्रिया रोक्न थापाले हाले मुद्दा

काठमाडौं। सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

Tata
GBIME
NLIC

अधिवक्ता कृष्णबहादुर थापाले नयाँ स्टकको अनुमति दिने प्रक्रिया रोक्न परमादेश माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गराएका हुन्।

उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ को गलत व्याख्या गरी धितोपत्र बजार सञ्चालनका लागि नयाँ स्टकको लाइसेन्स दिन खोजिएको भन्दै नयाँ स्टकको लाइसेन्स दिन नेपाल धितोपत्र बोर्डले बनाएको निर्देशिका नै कानुनसँग बाझिएको उल्लेख गरेका छन्।

मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हात पार्ने दाउमा रहेको स्वार्थ समूहको चलखेलका कारण सेबोनमा अध्यक्ष नियुक्ति नै प्रभावित हुन पुगेको थियो। मंसिर दोस्रो साता सोबोन अध्यक्ष नियुक्त गरेको महिना दिनपछि सरकारले लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

नयाँ स्टकको लाइसेन्सको विषयमा सर्वोच्चमा यसअघि पनि मुद्दा परेको थियो।