जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

बिजमाण्डू
२०८१ पुष २२ गते १८:०२ | Jan 6, 2025
जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त


काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।

Tata
GBIME
NLIC

सम्झौता पत्रमा जस्मिन पेन्ट्स लिमिटेडकाका कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फका प्रमुख कार्यकारी अधिकृत भिष्म राजचालिसेले हस्ताक्षर गरेका छन्।

जस्मिन पेन्ट्स लिमिटेडले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरका ५ लाख कित्ताले हुन आउने रकम ५ करोड बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्दैछ।