दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा कारको कर शुल्क शारडा ग्रुपले ब्यहोर्ने

बिजमाण्डू
२०८१ पुष ११ गते १८:१२ | Dec 26, 2024
दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा कारको कर शुल्क शारडा ग्रुपले ब्यहोर्ने


काठमाडौं । नेपाल प्रिमियर लिगमा सर्वोकृष्ट खेलाडी बनेसँगै ओमोडा कार पाएका दीपेन्द्र सिंह ऐरीले तिर्नुपर्ने कर कर शारडा ग्रुपले ब्यहोर्ने भएको छ।

Tata
GBIME
NLIC

गत शनिबार सम्पन्न फाइनलमा पराजित सुदूरपश्चिम रोयल्सका कप्तान ऐरि ओमोडा इफाइभ डिलक्स एसयुभीबाट पुरस्कृत भएका थिए।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजक हो। ओमोडा कारको करबारे सामाजिक संजालमा बहस भइरहँदा कार पाएवापत् तिर्नुपर्ने कर कम्पनीले ब्यहोर्ने घोषणा गरेको हो।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगको सफल साझेदारीले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्दै नेपालमा खेलक्षेत्रको समग्र उचाई बढाउने कम्पनीको विश्वास छ।