साङ्ग्रिला मोटर्सले भोलिदेखि ‘एक्सचेन्ज कार्निभल’ गर्ने, दुई दिने कार्यक्रममा ग्राहकलाई यस्तो अफर

बिजमाण्डू
२०८१ पुष ११ गते १४:४७ | Dec 26, 2024
साङ्ग्रिला मोटर्सले भोलिदेखि ‘एक्सचेन्ज कार्निभल’ गर्ने, दुई दिने कार्यक्रममा ग्राहकलाई यस्तो अफर


काठमाडौं। गोल्छा अर्गनाइजेसनको साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्षको अवसर पारेर ‘एक्सचेन्ज कार्निभल’ घोषणा गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा शुक्रबार र शनिबार ‘एक्सचेन्ज कार्निभल’ गर्ने भएको हो।

कार्निभललाई नयाँ वर्ष जस्तै नवीनतम एवम् अविस्मरणीय उत्सवको रुपमा गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्निभलमा लिपमोटर, सिट्रोएन र प्युजो प्रदर्शन गरिनेछन्।

कार्निभलमा सहभागीले आफ्नो पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन्। पुरानो गाडीको उचित मूल्यांकनका साथै सहज फाइनान्सिङ सुविधाको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमका सहभागीले नयाँ मोडेलका गाडी टेस्ट ड्राइभ गर्न पाउनेछन्। सहभागीहरूले आकर्षक अफरको फाइदा लिन सक्ने कम्पनीले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।