
काठमाडौं। सोनु निगमको गायकीमा रमाएका दर्शक/स्रोताले बुधबार राति काठमाडौंको चिसो बिर्सिएका छन्। क्रिसमसका अवसरमा भारतीय गायक निगमको कन्सर्ट काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको हो।
उनले बलिउडका फिल्महरुका लागि गाएका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे। उनलाई सुन्न उल्लेख्य संख्यामा दर्शक भेला भएका थिए। गायनका क्रममा उनले आफूलाई नेपालीले माया दिएको भन्दै आभार व्यक्त गरेका थिए।

‘बोर्डर’ फिल्मको ‘सन्देशे आते हैं,’ ‘ओम शान्ति ओम’को ‘मैं अगर कहुँ’ लगायत उनले गाएका चर्चित गीतहरुमा दर्शकले साथ दिएका थिए। ५१ वर्षीय निगम सन् १९९० देखि बलिवुडमा पार्श्वगायनमा सक्रिय छन्।








