
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर च्याम्पियन बनेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई पराजित गरेको हो।

एनपीएलको पहिलो च्याम्पियन टोली जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ।
जितसँगै जनकपुर समर्थकले मैदानमा केक काटेर खुसी मनाएका छन्। केहीले पुष्पा फिल्मको आइकनिक डान्स गरेका थिए।












