काठमाडौं। सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर प्रयोजनसहित ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ प्रतिफल पाउनेछन्।
बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ। बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।
बैंकले २०७९/८० मा ४.२१ प्रतिशत नगद लाभांश र २०७८/७९ मा १२.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।