सेयर बजारमा साढे १० अर्बको कारोबार, विशाल बजार कम्पनीमा चौथो दिन सर्किट

बिजमाण्डू
२०८१ मंसिर १७ गते १५:११ | Dec 2, 2024
सेयर बजारमा साढे १० अर्बको कारोबार, विशाल बजार कम्पनीमा चौथो दिन सर्किट

काठमाडौं। एफपीओको हल्ला चलाएर विशाल बजार कम्पनीको सेयर मूल्य सोमबार पनि सर्किट लगाएर बढाइएको छ।

Tata
GBIME
NLIC

कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढाएर प्रति कित्ता ६ हजार ५८८.४० रुपैयाँ पुर्‍याइएको छ। कम्पनीको सेयर मूल्य सोमबार प्रति कित्ता ५९८.९० रुपैयाँ बढाइएको हो। बुधबारयताको चार कारोबार दिनमा कम्पनीको सेयर मूल्य प्रति कित्ता २३०० रुपैयाँधन्दा धेरै बढिसकेको छ।

कम्पनीकी सञ्चालक राधा पोखरेलले एफपीओको हल्ला चलाएर मूल्य बढाउने काम भइरहेको आइतबार बिजमाण्डूलाई बताएकी थिइन्। मूल्य बढाइएपनि कम्पनीको सेयर कारोबार भने घटेको छ। यो कम्पनीको सोमबार २ हजार ४०६ कित्ता सेयर किनबेच भएको छ।

नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको दिन बजारमा तारागाउँ रिजेन्सी होटल, खानीखोला हाइड्रोपावर लगायत पाँच कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। १२६ कम्पनीका लगानीकर्ताले कमाउँदा ११२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

बजारमा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसमध्ये ५९ करोड ४७ लाख रुपैयाँ नेपाल फाइनान्सको सेयर किनबेच बापतको हो।