सेबोन प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई

बिजमाण्डू
२०८१ मंसिर १४ गते १०:५२ | Nov 29, 2024
सेबोन प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन्।

Tata
GBIME
NLIC

सेबोन अध्यक्षको कार्यभार सम्हालेको दोस्रो दिन सन्तोषनारायण श्रेष्ठले प्रवक्ताको जिम्मेवारी घिमिरेलाई दिएका हुन्।

यसअघि सेबोन प्रवक्तामा बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी थिए। सरकारले मंसिर १० गते सेबोन अध्यक्षमा सन्तोषनारायणलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

बोर्डमा कार्यकारी नेतृत्व नहुँदा अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा सहसचिव महेश बरालले जिम्मेवारी सम्हालेका थिए।