अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै नेपाल डिष्टिलरीले ल्यायो खुकुरी रमको लिमिटेड कास्क सिरिज

बिजमाण्डू
२०८१ मंसिर १३ गते १४:१५ | Nov 28, 2024
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै नेपाल डिष्टिलरीले ल्यायो खुकुरी रमको लिमिटेड कास्क सिरिज

काठमाडौं । खुकुरी रमको उत्पादक कम्पनी नेपाल डिष्टिलरीले खुकुरी रममा लिमिटेड कास्क सिरिज ल्याएको छ। ५ हजार २०० बोतल उत्पादन गरिएको उक्त सिरिज अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै उत्पादन गरिएको कम्पनीले जनाएको छ।

Tata
GBIME

कम्पनीले यो सिरिजको १ हजार ६०० बोतल स्वदेशी बजारमा पनि उपलब्ध गराउने भएको छ। कम्पनीका अनुसार खुकुरी रम उत्पादनको ६ दशकदेखिको लामो यात्रामा गुणस्तरलाई अधिकतम ध्यान दिइएको छ।

हिमालयको पानी, उखुको उत्कृष्ट खुदोबाट उत्पादन हुने खुकुरी रमलाई कम्पनीले यसपटक विशेष संस्करणमा ल्याएको जनाएको छ। काठको बिर्को भएको कास्क सिरिज नेपाली बजारका लागि खुद्रा मूल्य प्रति बोतल १० हजार रुपैयाँ तोकिएको छ।

‘नेपालका तर्फबाट यो उत्पादन अनुपम छ। स्मोकी फिनिसिङको यो संस्करण ल्याउन पाउँदा हामी हर्षित छौं,’ कम्पनीका सीइओ रमेश कृष्ननले भनेका छन्, ‘हाम्रो यो लिगेसीमा संसारकै लागि मनपर्दो हुने ठानेका छौं।’