नेपालगञ्जबाट काठमाडौं आएको बसका यात्रुबाट आधा किलो सुन बरामद, अनुसन्धान हुँदै

बिजमाण्डू
२०८१ कात्तिक २२ गते १३:१० | Nov 7, 2024
नेपालगञ्जबाट काठमाडौं आएको बसका यात्रुबाट आधा किलो सुन बरामद, अनुसन्धान हुँदै


काठमाडौं। अवैध रुपमा काठमाडौं भित्र्याउँदै गरेको सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिकास्थित नागढुंगा चेक प्वाइन्टमा बुधबार बिहान यात्रुबसलाई चेक गर्दा सुन बरामद भएको हो।

Tata
GBIME
NLIC

प्रहरीले  कैलाली टीकापुरका २३ वर्षीय एलिस ढकाललाई नियन्त्रणमा लिएको छ। उनको साथबाट ५ सय २ ग्राम सुन बरामद भएको हो।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु.प्र.०३-००१ख ००९ नम्बरको बसमा अन्तिम सिटमा बसेका एलिसको साथमा रहेको झोलामा सुन भेटिएको प्रहरीले जानकारी दिएको छ। सुन झोलाभित्र कालो टेपले बेरेर दुई वटा टुक्रामा राखिएको थियो।

पछिल्लो समय नेपालमा भन्दा भारतमा सुनको मूल्य कम भएकाले भारतबाट नेपालतर्फ तस्करी हुने गरेको देखिएको छ। ढकाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।