काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा ६० धुर जग्गासहितको भवन किनेको छ। इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणको स्वीकृति लिएर ५ कित्तामा रहेको ६० धुर जग्गासहितको भवन कात्तिक १४ गते किनेको हो।
कम्पनीले यसका लागि १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ खर्च गरेको छ। त्यसमध्ये ७९ लाख ५१ हजार ५०० रुपैयाँ रजिष्ट्रेसन शुल्कबापत बुझाएको हो।
भवनसहितको जग्गा व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि किनेको कम्पनीले जनाएको छ।