काठमाडौं। सन् २०१३ को अक्टोबरमा आर्नो कोश्वाले पहिलोपटक नेपाल टेक्दा चाडबाडको मौसम सुरु भइसकेको थियो। जसै उनले यहाँ तिहारको रमझम, सयपत्री फूल र बत्तीको झिलिमिली देखें उनकै शब्दमा त्यो ‘म्याजिक’ जस्तै लाग्यो। जुन पर्व उनले त्यसअघि कहिल्यै देखेकै थिएनन् त्यसलाई हेर्दा, बुझेर महसुस गर्दै जाँदा असाध्यै प्रभावित भए। अनि आफू पनि यो पर्वको हिस्सा बन्न थाले।
एसियाली विकास बैंकको नेपालका लागि निर्देशक हुन् आर्नो। उनको बाल्यकालका केही वर्षहरु दक्षिणी फ्रान्सको ग्रामीण भेगमा बित्यो, जहाँ उनले गहुँ पाकेपछिको उत्सव ‘ला फि दे ला मोइसो’ मनाएका थिए। त्यो उत्सवको समयमा बच्चाहरु छिमेकको घरघर पुगेर गीत गाउँथे। त्यसबापत उपहारस्वरुप केही पैसा, प्यानकेक वा चकलेट पाउँथे।
‘ओहो ! यहाँ पनि बच्चाहरु त्यसरी नै गीत गाउँदै घर घर जाँदा रहेछन्। अनि थालीभरी सजाएको खानेकुरा र पैसा उपहार पाउने रहेछन्,’ यो सब देख्दा आर्नोका बाल्यकालका धुमिल सम्झनाहरु फर्केर आए।
नेपाललाई नजिकबाट चिनेको करिब एक दशक हुन लाग्दा उनका लागि तिहार सबैभन्दा खुशी र उमंग ल्याउने चाड बनेको छ।
लक्ष्मीपूजाको रात उनी परिवारसहित भक्तपुर पुगे र साँझ अबेरसम्म त्यहाँका घरहरुका बाहिर, सडक सडकमा चोकचोकमा बनाइएका मण्डलहरु हेरे। उनलाई तिहारमा सबैभन्दा मन पर्ने नै पाला बालेर सजाइएका मण्डलहरु हुन्। अनि त्यो साँझ घुम्दै डुल्दै स्थानीयसँग चाडपर्व र सम्पदाबारे सोधीखोजी गरेर बिताए। कुनै तिहार उनी बन्दीपुर पुग्छन् र त्यहाँको तिहार संस्कृतिसँग मिसिन्छन्। उनलाई देउसीभैलो खुट्याउन समेत राम्रैसँग आउँछ।
‘मलाई थाहा छ, छोरामान्छेले गाउने गीत देउसी हो अनि छोरीमान्छेले गाउनेलाई भैलो भन्छन्,’- उनले सानो बच्चाले जानेको कुरा सर्सर्ती मिसलाई सुनाए झैं गरी मिठोसँग भने।
मानिस र जनावरबीचको “डिभाइन” सम्बन्ध तिहारको पृथक पहिचान हो। प्रकृति र जनावरको यति सम्मानपूर्वक पूजा गरेको देख्दा त म हुरुक्कै हुन्छु।
आर्नोलाई तिहारका पाँचै दिनको विशेषता खास लाग्छ। उनले कहिल्यै कल्पना पनि गरेका थिएनन् रे कागको पनि पूजा हुन्छ भनेर। ‘यूरोपतिर त कागलाई ‘डार्क’ अर्थात अशुभ मानिन्छ। तर यहाँ त कागलाई डाकेर उसको भाग खाना राखेर उसलाई पूजा गरिँदो रहेछ। यो सम्मान त मलाई अनौठो लाग्यो!’- उनले भने।
कागको पूजा पछि दोस्रो दिन उनी देख्छन्- सडकमा कुकुरहरु माला लगाएर कुद्दैछन्। उनीहरुको निधारमा टिका पनि छ। अरे वाह! कुकुरको अनुहारमा गज्जबको आत्मविश्वास झल्किएको। उनीहरु असाध्यै खुशी भएर कुदे जस्तो! फेरि आउँछ गाईको पूजा, गोरुको पूजा, म्ह पूजा अनि भाइटिका।
जनावरहरुलाई गरिने प्रेम र सम्मानबाट भावुक बनेका आर्नोले आफ्नो कुकुर ‘जर्ज’को पनि पूजा गर्न थाले। फूलको माला र टिका लगाएर जर्जले त्यसदिन उनलाई यसरी हेर्थ्यो मानौं उ आफूप्रति अझ बढी विश्वास गर्ने भएको छ, प्रेम गर्ने भएको छ।
जर्ज बाँचुन्जेल उनले जर्जको पूजा गरे। अहिले जर्जसँगको कुकुर पूजाका सम्झना मात्र आर्नोसँग छ।
जनावर र प्रकृतिसँग मानिसको यति गज्जबको निकटता कुन पर्वमा होला? उनी घोत्लिए। तिहारमा जनावरलाई यति धेरै सम्मान र प्रेम गरिन्छ। आफूलाई भन्दा पहिले उनीहरुलाई पुजिन्छ। कुन पर्व होला जहाँ मानिसले आफूलाई ‘प्यूरिफाइ’ गर्नका लागि आफैंलाई पूजा गर्छ अर्थात आफ्नो अस्तित्वको बोध गर्छ।
यही सब पृथक विशेषताले जोडिएको चाड तिहारसँग हरेक वर्ष साक्षात्कार गरेका आर्नोसँग तिहारका प्रशस्तै सम्झनाहरु छन्।
जनावरहरुलाई गरिने प्रेम र सम्मानबाट भावुक बनेका आर्नोले आफ्नो कुकुर ‘जर्ज’को पनि पूजा गर्न थाले। फूलको माला र टिका लगाएर जर्जले त्यसदिन उनलाई यसरी हेर्थ्यो मानौं उ आफूप्रति अझ बढी विश्वास गर्ने भएको छ, प्रेम गर्ने भएको छ।
जर्ज बाँचुन्जेल उनले त्यसको पूजा गरे। अहिले जर्जसँगको कुकुर पूजाका सम्झना मात्र आर्नोसँग छ। तर उनी सडकमा दौडिरहेका हरेक कुकुरलाई हेर्छन् र उनीहरु मानिससँग निडर र ढुक्क भएको महसुस गर्छन्। शायद कुकुरको अनुहारमा देखिएको त्यो गर्विलो भाव बोलिरहेछ-‘मानिसले हामीलाई यति माया गर्छन् र त हामी यसरी बेपरवाह सडकमा दौडिइरहेका छौं।’
त्यसैले त आर्नो भन्छन्- ‘मानिस र जनावरबीचको “डिभाइन” सम्बन्ध तिहारको पृथक पहिचान हो। प्रकृति र जनावरको यति सम्मानपूर्वक पूजा गरेको देख्दा त म हुरुक्कै हुन्छु।’
सन् २०२१ मा उनी कन्ट्री डाइरेक्टर भएर नेपाल आउँदा उनले पुराना साथीको परिवारसँग म्ह:पूजा मनाए। सपरिवार सरिक भएको पूजामा पलेटी कसेर बसे। हरेक मानिसको अगाडि कोरिएका स-साना मण्डल! म्ह: पूजामा आफैलाई प्रतिविम्बित गरेर मण्ड (मण्डल) बनाउने परम्परा छ। अनि घरकी अग्रज महिलाले सबैलाई पूजाका सामाग्रीहरु दिने चलन। हरेक व्यक्तिले आफूले आफैंलाई विधिपूर्वक पूजा गर्दै जाने क्षण। शरीर पूजा पछि अण्ड र अय्लाको सगुन। मण्डलमा पूजा। म्ह:पूजाका हरेक विधिहरु गर्दै गए उनले पनि।
आफैंले आफूलाई पूजा गर्नुलाई उनले आत्मिक शुद्धीकरणका रुपमा बुझेका छन्। मानिसले आफ्नो अस्तित्वलाई बुझ्नुले उसलाई सधैं असल कर्मतर्फ प्रेरित गर्छ। म्ह: पूजाले पनि मानिसको शरीर र आत्मालाई ‘प्युरिफाइ’ गर्ने उनको बुझाइ हो।
म्ह: पूजाबारे त उनले जानिसकेका छन्। तर भाईटिका कस्तो होला? लक्ष्मी पूजाको दिन भक्तपुरमा बिताएका आर्नोलाई अब भाईटिकाको दिनको प्रतीक्षा छ।
तिहारको बेला पाक्ने सेल रोटी उनलाई दोनट जस्तो लाग्छ। उनले खाएका पनि रहेछन्। नेवारी परम्परागत खानेकुराको त उनी फ्यान नै हुन्। नेवारी खानामा जुन विविधता छ अरु कुनै परिकारमा नभएजस्तो उनलाई लाग्छ।
‘दाल, गेडागुडी, साग, अचार अनि मासुका मात्रै पनि कति थरी आइटम! कुनै पोलेका कुनै सुकाएका कुनै साँधेका! म्ह पूजाको बेला खाइने परम्परागत रक्सी पनि मलाई मन पर्यो,’ उनले सुनाए।
म्ह: पूजाबारे त उनले जानिसकेका छन्। तर भाईटिका कस्तो होला? लक्ष्मी पूजाको दिन भक्तपुरमा बिताएका आर्नोलाई अब भाईटिकाको दिनको प्रतीक्षा छ।
तिहारका चार दिनबारे राम्रोसँग बुझेका र अनुभूति गरेका आर्नोले पाँचौ दिन अर्थात भाईटिकाको अनुभव संगाल्न लामै कुर्नुपर्यो। यो वर्ष भने उनको त्यो इच्छा पनि पूरा हुन लागेको छ।
नेपाली चाडबाडबाट म जस्ता पश्चिमाले सिक्नुपर्ने के हो भने एक्लिँदै एक्लिँदै जानुभन्दा समूह र समुदायमा बस्नुपर्छ। फ्रान्स मात्र नभई अहिले यूरोपका सबै देशमा घरघरमा बुढाबुढी एक्ला छन्।
मुस्कुराउँदै उनले सुनाए- ‘अहिलेसम्म कुनै दिदीबहिनीको हातबाट भाईटिका लगाउन जुरेन। यो पाली भने नेपाली परिवारसँग धेरै निकट रहेकी मेरी ‘पार्टनर’को कारण यो अवसर जुर्ला जस्तो छ।’
आइतबार टक्क नेपाली टोपीमा सजिएर निधारमा सप्तरंगी टिका र गलाभरी माला लगाएर आर्नोले भाइटिकाको त्यो अनुभव पनि संगाल्नेछन्, जहाँ उनलाई दिदीबहिनीले दाजुभाईलाई गर्ने अगाध श्रद्धा, प्रेम र सम्मानको पनि महसुस हुनेछ।
ग्रामीण क्षेत्रमा इन्जिनियर र फार्मिसिस्ट बुवाआमाले केही वर्ष गाउँमा गएर फार्महाउसमा बस्ने निधो गरेपछि आर्नोले फ्रान्सको गाउँले परिवेशबारे अनुभव गर्न पाए। उनीहरुको फार्ममा आलु खेती हुन्थ्यो। खोरमा सुँगुर र बाख्राहरु थिए। त्यही बेला हो उनले फ्रान्सका पुराना रीति, परम्परागत चाड र उत्सवका रमाइला सम्झनाहरु बटुल्न पाएको।
तर केही वर्षपछि नै उनीहरु फेरि सहर फर्किए जहाँ उनको हुर्काइ गाउँको भन्दा फरक हुने नै भयो। बिर्सिसकेका ती ग्रामीण उत्सवहरु आर्नो नेपाल आएपछि नै बिस्मृतिमा फर्किएका हुन्।
आर्नोको करिब एक दशकको बुझाइमा नेपाल भनेको परिवार र समुदायबीच बलियो ‘कनेक्सन’ भएको देश हो जहाँ हरेक अवसर र सुखदुःखमा मानिसहरु साथ हुन्छन्।
आर्नोलाई लाग्छ उनको देशतिर नेपालमा जस्तो जनावरलाई गर्ने प्रेम, सम्मान अनि कनेक्सन छैन भलै ‘पेट’ का रुपमा जनावर पाल्नेहरुको संख्या बाक्लै छ। उनी भन्छन्-‘मैले नेपाल र भारत जस्तो देशमा मात्र यस्तो देखे जहाँ जनावरहरु मानिस देखेर डराउँदैनन् बरु नजिक आउन खोज्छन्।’
आर्नोको करिब एक दशकको बुझाइमा नेपाल भनेको परिवार र समुदायबीच बलियो ‘कनेक्सन’ भएको देश हो जहाँ हरेक अवसर र सुखदुःखमा मानिसहरु साथ हुन्छन्।
‘यो पृथक पहिचान, संस्कृति र मौलिक परम्पराहरु नै यहाँको स्ट्रेन्थ पनि हो, नेपालीहरुले यसलाई कहिल्यै भत्किन नदिउँन्।’
उनी भन्छन्- ‘ठूलो परिवार हुनु र एकल हुनुमा धेरै फरक हुन्छ। नेपाली चाडबाडबाट म जस्ता पश्चिमाले सिक्नुपर्ने के हो भने एक्लिँदै एक्लिँदै जानुभन्दा समूह र समुदायमा बस्नुपर्छ। फ्रान्स मात्र नभई अहिले यूरोपका सबै देशमा घरघरमा बुढाबुढी एक्ला छन्। २०, २२ वर्ष को उमेरसम्म बुवाआमासँग बस्दा त घरबाट निस्कन ढिला भैसकेन र? भनेजस्तो आँखाले सबैले हेर्छन्। त्यहाँ बच्चालाई सानैदेखि एक उमेरमा पुगेपछि घरबाट बाहिर निस्कनुपर्छ भनेर हुर्काइन्छ। पुरानो पुस्ताले नै परिवारबाट छोराछोरी बाहिर जानुपर्ने परिस्थिति बनाए जसको परिणाम वृद्ध पुस्ताले भोग्नुपर्छ।’
तर नेपालमा बच्चालाई घर बाहिर निस्कनका लागि हुर्काइदैन बरु उनीहरुलाई हरेक चाडबाडबाट पारिवारिक एकता र सद्भाव सिकाइने रहेछ। ‘यहाँ छरछिमेक भए, परिवार भए बढी ढुक्क भइन्छ भन्ने म्यासेज दिइन्छ। यति सुन्दर सद्भाव र समाजको बलियो कनेक्सन हाम्रोतिर देख्न पाउनु दुर्लभ छ।’- भावुक हुँदै आर्नोले भने- ‘यो पृथक पहिचान, संस्कृति र मौलिक परम्पराहरु नै यहाँको स्ट्रेन्थ पनि हो, नेपालीहरुले यसलाई कहिल्यै भत्किन नदिउँन्।’