
काठमाडौं। अहिले नेपाली बजारमा विद्युतीय गाडीको हिस्सा बढेर ७१ प्रतिशतसम्म पुगेको छ। जसमा मिनी कार र ह्याचब्याकदेखि एसयुभी र सेडानसम्मका गाडीहरु पाइन्छन्। तर, नेपालको सडकको अवस्थाअनुसार टोयोटा हाइलक्स, महिन्द्रा स्कोर्पियो जस्ता गाडीहरुको माग बढी छ।
इभी धेरै आए पनि यसको सेगेमेन्टमा भने कुनै इभी गाडीहरुले प्रतिस्पर्धा गर्न सकिरहेको अवस्था छैन। तर ओमोडा बिक्री गरिरहेको शारडा ग्रुपले भने त्यस्तै नेपाल्स फस्ट प्रिमियम अफ रोडर इभीका रुपमा जेको ब्रान्डको जे सिक्स एसयुभी नेपाली बजारमा भित्र्याएको छ। भर्खरै सम्पन्न नाडा अटो शोमा पनि यो गाडीलाई ग्राहकहरुले धेरै रुचाएका थिए।
हुन त नेपालमा अफ रोडर इभी न आएको पनि हैन। केही वर्ष अगाडि जेएसी ब्रान्डको इभि पिकअप दिगो ग्रुपले ल्याएको थियो। तर उक्त इभि पिकअपले भने जसरी मार्केट लिन सकेन। यस्तै चौधरी ग्रुपले पनि भर्खरै रिडारा इलेक्ट्रिक पिकअप लिएर आएको छ। यो पिकअप फुली अफ रोडर हो भने जे सिक्स एसयुभीमा प्रिमियम अफ रोडर इभि गाडी हो।
आज हामी त्यही गाडीको अफ रोड थ्रिल र एड्भेन्चरको एक्स्पेरियन्स गर्नका लागि धुलिखेलमा रहेको ‘डट टेम्पल एक्स’ अफ रोड ट्रयाकमा पुगेका छौं। यो गाडी एसयुभी सेग्मेन्टको ‘नेपाल्स फर्स्ट प्रिमियम अफ रोडर इभी’ भएकाले यसको आधिकारिक बिक्रेताले उक्त अफ रोड ट्रयाक छनोट गरेको थियो।

यसै पनि अफ रोडमा इभीको पर्फर्मेन्स कस्तो हुन्छ? यसले दिने पावर कतिसम्म सहज छ? यसको ग्राउन्ड क्लियरेन्सले कतिसम्मको अफ रोड ट्रयाक ह्यान्डल गर्न सक्छ भन्ने कुराको एकै ठाउँमा अनुभव गर्न पाइने भनेको डट टेम्पल अफ रोड ट्रयाक नै हो।
काठमाडौं बाट नजिकै रहेको यो अफ रोड ट्रयाक पछिल्लो समय सबैका लागि बेस्ट डेस्टिनेसनका रुपमा परिचित हुदै आइरहेको छ। अझ दुई पाङ्ग्रे र पिकअपहरुका लागि अफ रोड एक्स्पेरियन्स लिन बेस्ट ठाउँ नै भइसकेको छ डट टेम्पल।
उक्त ठाउँमा लास्ट टाइम मैले एमजीको इभी स्पोर्टी ह्याचब्याक कार ‘एमजी फोर इभि’ ड्राइभ गरेको थिएँ। त्यसबेलाको अनुभव र यो बेलाको अनुभव एकदम उत्साहित बनाउने नै छ, किनभने अफ रोडमा इभि गाडी राइड। त्यो बेला ह्याचब्याकमा थियो भने यो पटक एसयुभी, त्यो पनि २०० एमएम ग्राउन्ड क्लियरेन्स। गाडीले भुइँ छुने डर कतै पनि थिएन।

हामी त्यहाँ पुग्दा डट टेम्पलका संचालकहरु र गाडी कम्पनीका सञ्चालकहरु सबै ट्रयाक तयार पार्दै थिए। भइरहेको ट्रयाकलाई कतिसम्म ट्रिकी र अप्ठेरो बनाउन सकिन्छ भनेर काम गरिरहेका थिए। उनीहरुले त्यसरी ट्रिकी र अप्ठेरो ट्रयाक बनाउने चक्करमा यस्तोसम्मको ट्रयाक बनाएछन् कि दलदले माटो भएका कारण र्याप्टरलाई समेत उक्लिन गाह्रो भयो। त्यसैले पछि त्यो ट्रयाकलाई घटाएर अलि अर्कै वेमा मोडियो।
जब ट्र्याक तयार भयो डट टेम्पलका संचालक इजाव वरुण आफैले सुरुमा ड्राइभ गरे। उनले गरेको ड्राइभ देखेर नै मलाई पनि ड्राइभ गर्न मन लागिसकेको थियो। उनले त्यस्तो ट्रिकी ट्रयाकमा पनि इजी वेमा गाडी चलाइरहेको देख्दा मलाई मात्रै हैन जो कोहिलाई पनि इन्ट्रेस्ट जाग्छ। उनलाई त्यो ट्रयाकको बारे सबै रूट थाहा भएका कारण पनि गाडी चलाउँदा सजिलो भएको जस्तो देखियो।

त्यसपछि हाम्री पालो कुरेर बसेका २० जना जतिको ड्राइभ पनि सुरु भयो। आफ्नो पालो भने २० जना पछि छ। अरुले ड्राइभ गरेको देखेर आफूलाई ट्रयाकमा जान आतुरी भइसकेको थियो। नहोस् पनि किन, अफ रोडर इभीलाई अफ रोड ट्रयाकमा ड्राइभ गर्न पाउदा कसलाई हतार लाग्दैन र। तर, पनि म भने अफ रोड ट्रयाकको भित्रै गएर उनीहरुले कसरी ड्राइभ गरिरहेका छन् भन्ने कुराको लेखाजोखा गरेर सिक्दै बसेँ।

ट्रयाक यस्तो थियो की अफ रोडमा हुने सबै अप्ठ्यारा अवस्थाहरु सेट गरिएका थिए। जस्तै अप हिल, डाउनहिल, मड ग्राउन्ड, टर्निङ, स्पिड ब्रेकर, सस्पेन्सन टेस्टको लागि ठुला खाल्डा सबै थिए। जसले गर्दा अफ रोड राइडको थ्रिल महसुस गर्न पाइन्थ्यो।
म भन्दा अगाडि जानेहरु केहीले ग्राउन्डमा ड्रिफ्ट गरे भने केहीले अपहिल बाट डाउनहिल जाँदा गाडी उडाए पनि। केहीले हिलोमा चुनौतीपूर्ण तरिकाले गाडी चलाउनुको आफ्नो दक्षता देखाए, केहीले टर्निङ रेडियसमा राम्रो पर्फर्मेन्स देखाए। त्यतिबेलासम्म आफ्नो हातमा कहिले गाडी आउला त्यसको एक्स्पेरियन्स लिन पाइएला भन्ने मात्रै ध्यान रहयो। नहोस् पनि किन! सबैले अति बबल भन्दै आआफ्नो ड्राइभ एक्स्पेरियन्स सेयर गरेर आएका थिए।

ट्रयाकमा ड्राइभ गरेर फर्किने क्रममा उनीहरुको आत्मविश्वासको लेभल नै अर्कै भयो। गाडीले दिएको पर्फर्मेन्स प्रति सबै सन्तुष्ट नै देखिन्थे। यतिबेलासम्म मैले अरुको एक्स्पेरियन्स र उनीहरुले ड्राइभ गरेको दृश्यमा मात्रै रमाइलो मान्दै थिएँ। त्यो पल पनि मेरा लागि अरुका अनुभव सुन्ने र कस्तो भयो भन्ने थाहा पाउने माध्यम थियो।
झन्डै झन्डै दुई घन्टाको अन्तरालपछि मैले पनि गाडी ड्राइभ गर्ने मौका पाएँ। उसै अरुले चलाएको देखेर एकदम उत्साहित म। गाडी पाएपछि मैले एक राउन्ड ट्रयाकमा कहाँ के के छ भनेर मात्रै चेक गरेँ। गत वर्ष मैले चीनमा जुहाइको रेस सर्किटमा कार रेस गर्ने मौका पाएको थिएँ। त्यो अन रोड थियो भने यो अफ रोड ट्रयाक। त्यति बेला बीवाइडी इलेक्ट्रिक गाडी थियो भने अहिले पनि जेकोको इलेक्ट्रिक गाडी नै। फरक यति मात्रै हो कि चीनमा इलेक्ट्रिक स्पोर्टी सेडान थियो भने अहिले इलेक्ट्रिक अफ रोडर एसयुभी।

अन रोड थ्रिल एक्स्पेरियन्स गर्ने मौका पाएको मैले आज अफ रोड ट्रयाकमा पनि एडभेन्चर राइड गर्न पाएँ। जब मैले ट्रयाक एक पटक हेरेँ, त्यसपछि म फ्रिली ट्रयाकमा मज्जाले अर्को राउन्डको लागि तयार भए। त्यसपछि मैले फेरि जेको जे सिक्स ड्राइभ गर्न थाले। मसँग पछिल्लो पटक एमजी फोर ड्राइभ गर्दाका साथी वसन्त अर्याल नै यो पटक पनि साथ थिए। उनी पनि मैले गरेको ड्राइभमा किन हो कन्फिडेन्ट नै देखिन्थे।
ग्राउन्डबाट सुरु भएको मेरो ड्राइभ टर्निङ रेडियस हुँदै सस्पेन्स चेकर पार गर्दै ड्राइभ अगाडि बढ्यो। टर्निङ रेडियस पनि यसको राम्रो लाग्यो। त्यति समस्या भएको जस्तो लागेन।

सस्पेन्सन चेक गर्नका लागि ट्रयाकमा ग्राउन्ड क्लियरेन्स २०० एमएम अनुसारका दुवै लिगमा जिगज्याग गरिएका ठुला खाल्डाहरु थिए। त्यसमा पनि केही स्थानमा छोएको जस्तो भयो भने सस्पेन्सले चाहिँ राम्रो नै काम गरेको महसुस भयो। म सँगै बसेका साथीहरुलाई पनि त्यस्तो खाल्डोले गर्दा गाडी धेरै हल्लिएको वा डिसब्लेन्स भएको जस्तो लागेन। मैले पनि त्यही महसुस गरेँ।
त्यसपछिको ड्राइभ भने स्पिड ब्रेकरमा थियो। केही भाइब्रेसन भयो तर सजिलोसँग गाडी पास भयो। त्यसपछि मैले फुल स्पिडमा एक्सलेटर दाबेर मड अर्थात पानीले हिलो माटो भएको बाटोमा चलाएँ। त्यस्तो मड वेमा पनि गाडीलाई असजिलो भएको जस्तो लागेन। यस्तो बाटोमा गाडी चिप्लिने समस्या हुने गर्छ। तर, यसमा त्यस्तो देखिएन।

यस्तै अब आउँछन् केही ट्रिकी टर्निङहरु, जसमा दलदले माटो भएको ट्रयाक छ। जसले गर्दा अफ रोडको थ्रिल महसुस गर्न सकिन्छ। यस्तोमा रियल ह्वील ड्राइभ र ट्रनिङ रेडिएस पनि राम्रो भएकाले स्पिडमा पनि गाडी टर्न गर्न त्यस्तो दलदले ट्रयाकमा पनि गाडी मोडिन कुनै समस्या भएन।
तर अब आउने केही अपहिलमा भने गाडीको पावर कस्तो छ भनेर हेर्न पाइने ठाँउहरु थिए। अपहिलमा कम वा धेरै कति पर्फर्मेन्स दिन्छ भन्ने कुरा थाहा हुन्छ। इभिमा इनिसियल पावर धेरै हुने भएकाले यसमा पनि पर्फ्रमेन्सको कमि आएन। केही साथिहरुले त यहि अपहिलमा गाडी उडाएका पनि थिए।
अपहिल जानु अगाडि पनि दलदले माटो भएकाले भने जसरी पावर जेनेरेट गर्नु पर्ने हो फुल स्पिडमा जान कठिन नै भयो मलाई। उक्त स्थानमा अपहिलबाट डाउनहिलमा जाँदा गाडीले केही सेकेन्ड भुइँ नै छाडेको थियो।

मेरो पालो अन्तिमतिर भएर पनि हुन सक्छ ट्रयाकहरु धेरै बिग्रिसकेका थिए। पावरको कुरा गर्नु पर्दा यसमा १३५ किलोवाट क्षमताको मोटर पावर छ। यसबाट २२० एनएम टर्क उत्पादन हुने भएकाले पर्याप्त मात्रामा पावर प्रदान गर्छ। यो गाडी अफरोडका लागि अनएक्स्पेक्टेड्ली पावरफुल नै लाग्यो।
कति साथीहरुले ड्रिफ्ट पनि गरेका थिए। जुन अमेजिङ थियो। मैले पनि केही ट्राइ गरे तर मेरो त्यति राम्रोसँग ड्रिफ्ट भएन। किनभने म त्यति ड्राइभिङको लागि पर्फेक्ट थिइन।
यसको अर्को राम्रो पक्ष भनेको रियल ह्वील ड्राइभ हो। जसले गर्दा अपहिल वा ट्रिकी अफ रोडमा चलाउन सहज बनाउँछ। तर, फ्रन्ट ह्वील ड्राइभले केही समस्या ल्याउन सक्छ। यस्तो ट्रयाकहरुमा रियल ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टम भएका गाडीहरु मात्रै ड्राइभ गर्न सकिन्छ। यो गाडी अल ह्वील ड्राइभमा पनि नेपाल आउने तयारी गरिरहेको छ।

नेपालमा भएका प्राय इभी एसयुभीहरुमा १०० किलोवाट क्षमताको मोटर पावर मात्रै उपलब्ध छन्। तर यसम धेरै छ। यस्तै ब्याट्रीको कुरा गर्दा ६५ किलोवाट आवर क्षमताको छ। जसले फुल चार्जमा ४०० किलोमिटर भन्दा धेरै दुरी पार गर्छ। जसले गर्दा रेन्जको त ट्रयाकमा कुनै चिन्ता थिएन।
मैले यो ट्रयाकमा गरेको ड्राइभले जेको जे सिक्स साँच्चै अफ रोडर इलेक्ट्रिक एसयुभी भएको एक्स्पेियन्स गरेँ। जसलाई मुस्ताङ र रारा जस्ता भूभागमा रमाउन र पर्यावरण बचाइराख्न इभीमा यात्रा गर्नेहरुका लागि भने हाम्रो बाटोको अवस्थाअनुसार जेको जे सिक्स बेस्ट नै भन्छु।

यतिको पर्फर्मेन्स, पावर र ग्राउन्ड क्लियरेन्सले गर्दा नेपालको जुन सुकै कुनामा पनि जान सकिन्छ। तर, ड्राइभिङ प्याटर्न र स्किल भने आवश्यक पर्छ नै। गाडीको पर्फर्मेन्स र पावरमा कुनै शंका छैन। लङ रुट र अफ रोड ड्राइभ गर्दा चार्जिङको सुविधा अनुसार गाडी लिएर जाँदा राम्रो हुन्छ।








