काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइवर ब्युरोले प्रसाईँलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंमा अनुमति मागेको थियो। जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनी सहित तीन जना विरुद् पक्राउपुर्जी जारी भएको छ।
प्रसाईँ पछिल्लो समय विभिन्न व्यक्तिको चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिँदै आएका थिए। त्यस्तै उनी विरुद्ध यसअघि पनि बैंकिङ क्षेत्रमा ऋण नतिर्न उक्साएको अभिव्यक्तिलाई लिएर पनि सुरक्षा निकायले निगरानी बढाएको थियो। बैङ्क तथा वित्तीय क्षेत्रमा रहेका कर्मचारीलाई कालोमोसो दल्ने अभिव्यक्तिले पनि उनी विवादमा तानिएका थिए।
कुनै समय नेकपा एमाले निकट भएर केन्द्रीय सदस्य समेत भएका प्रसाईंपछिल्लो समय राजिनितिबाट भने टाँकिएका छन्। नेकपा एमाले अध्यक्ष एवम् केपी शर्मा ओलीलाई कटाक्ष गरेर उनी अभिव्यक्ति दिँदै आएका छन्।
प्रसाई विरुद् यसअघि भक्तपुरबाट पनि पक्राउपुर्जी लिइएको थियो। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर कृष्ण गिरीले मेडिकल सम्बन्धनका लागि २० करोड घुस मागेको बताएपछि २०७६ माघ १० प्रसाईं विरुद् उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी माग गरेको थियो।
तर राजनितिक आडमा उनी पक्राउ भने भएनन्।