
काठमाडौं । सामसङले काठमाडौंको सिल्भर ओक बैंक्वेटमा माइक्रोवेभ मास्टरक्लासको आयोजना गरेको छ। सो मास्टरक्लासमा सहभागीहरूले उत्कृष्ट प्रोफेस्नल सेफको साथ माइक्रोवेभबाट स्वादिष्ट रेसिपीहरू बनाउन सिकेका थिए।
मास्टरक्लासको मुख्य लक्ष्य सबैले तयार गर्न र खान रुचाउने स्वादिष्ट परिकारहरू बनाउन सिकाउनु रहेको आयोजकले जनाएको छ।
सामसङले लन्च गरेको पछिल्लो माइक्रोवेभ ओभनलाई प्रवर्धन गर्ने गरि त्यसको उपयोगिता प्रदर्शन गरेर खाना पकाउने सुविधाजनक विकल्पको रूपमा परिचित गराउनु उद्देश्य रहेको छ।
मास्टरक्लासमा मास्टर ट्रेनर निमेश उलकले रेसिपीहरु प्रदर्शन गरेका थिए। उनले सहभागीहरूलाई स्वादिष्ट रेसिपीहरू तयार गर्न सिकाएका थिए। साथै, माइक्रोवेभहरू प्रभावकारी रूपमा प्रयोग गर्न सिकाउँदै सुझावहरू पनि दिएका थिए।
सो कार्यक्रममा सामसङको एआई इकोबबल वासिङ मेसिन प्रविधि पनि प्रदर्शनीमा राखिएको थियो।