काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले सातौं साधारण सभा असोज २३ गते गर्ने निर्णय गरेको हो।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर वितरणपछि कायम हुने पुँजीको ७ प्रतिशत हकप्रद सेयर वितरणको प्रस्ताव पारित गर्ने तालिका छ।
बोनस सेयर र हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ।
यस्तै साधारण सभाले २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने तालिका छ।
गत आर्थिक वर्षको लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुका साथै लेखा परीक्षकको पारिश्रमिक तोक्ने विषय पनि एजेण्डामा छ। साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुक क्लोज मिति तोकिएको छ।