नाडामा लन्च भयो विभिन्न ब्रान्डका नयाँ गाडी, अर्थमन्त्रीले उठाए ‘कर्टेन’

बिजमाण्डू
२०८१ भदौ ११ गते ११:३१ | Aug 27, 2024
नाडामा लन्च भयो विभिन्न ब्रान्डका नयाँ गाडी, अर्थमन्त्रीले उठाए ‘कर्टेन’


काठमाडौं । नाडा अटो शोको १६ औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शोको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्।

Tata
GBIME
NLIC

उद्घाटन सत्रपछि पौडेलले भृकुटीमण्डपमा राखिएका नयाँ गाडीहरको ‘कर्टेन’ उठाएर सार्वजनिक गरेका थिए। अटो शोमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे नयाँ सवारीसाधन राखिएका छन्। नाडामा चार पाङ्ग्रेतर्फ यसपटक इभी गाडीको वर्चश्व छ।

अटो शोमा करिब साढे १७ लाखदेखि करोडभन्दा माथिका गाडी राखिएका छन्।

नाडा अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा ठूला तथा साना गरि १२० वटा स्टल र ब्लक छन्। प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी र बाइक, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै स्वदेशी ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनी सहभागी छन्।

आयोजकले अटो शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ। मन्दीको असर परिरहेको बेला अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले समेत यो मेलालाई उतिकै चासोका साथ हेरेको छ।